काठमाडौं। एमाले विवाद समाधान गर्न गठित कार्यदलले पार्टीमा अन्तरविरोध सिर्जना हुने कुनैपनि काम नगर्ने पार्टीपंक्तिलाई आग्रह गरेको छ। आज बसेको कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र,कार्यविधि र आचारसंहिता तयार गरेको नेपाल समूहका कार्यदल संयोजक भिम रावलले बताए। उनले पार्टीमा देखिएका समस्या समाधान गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको पनि बताए। बैठक भोलि पुनः बस्नेछ।