सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

काठमाडौं : सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।'  धनगढीको सभामा उपस्थितको संख्या…

सम्बन्धित सामग्री

अवशानको राजनीतिक प्रतिस्पर्धा

सत्तारूढ नेकपाभित्रको सङ्कट गहिरिँदै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पुस ४ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न निवास खुलमटार पुग्नुभयो । दुई अध्यक्ष र पछि वामदेव गौतमसहितको खुमलटार विशेष बैठकले सङ्कट समाधानको सूत्र पहिल्यायो वा त्यताउन्मुख भयो भन्न केही समय पर्खनुपर्छ । तर, प्रधानमन्त्रीले लिएको यो पहल जुनसुकै कोणबाट पनि सकारात्मक छ । यसबाट कोही आत्तिनुपर्दैन किनकि दुई अध्यक्षबीचको सहमतिमै समाधान छ । संवादकर्ताको स्वायत्ततालाई मान्दा संवादले समाधानउन्मुख गराउँछ । किनकि प्रचण्डको संवाद स्वायत्ततामाथि प्रश्न उठ्छ, बेलाबेला वरिष्ठ नेता माधवकुमार नेपाल जोडिएर आएका कारण । विश्वास राखौँ, ओलीलाई जसरी पनि एक्ल्याउनुपर्छ भन्ने दुर्घटनाउन्मुख सोचबाट नेता नेपाल पनि माथि उठ्नुहुनेछ । लचकताका रूपमा आएको ओलीको यो नयाँ पहलअघि नेता वामदेव गौतमको पुस ३ मा सकारात्मक र एकता पक्षधर उद्घोष आएको थियो, जतिबेला प्रचण्ड र माधव नेपाल आफ्नो गुटको भेलालाई सम्बोधन गरिरहनुभएको थियो । र, ओलीविरोधी मोर्चा निर्माण गरिरहनुभएको थियो । ढ्याक्कै प्रवृत्ति नभनौँ तर व्यक्तिको सोचको उपज पनि हो । पार्टी एकढिक्का हुँदा पनि तत्काल गौतमले ठूलो पद प्राप्त गर्ने सम्भावना छैन तर पार्टी विभाजनको त्रासदीका कारण उहाँ गुटलाई प्रोत्साहन गर्न सक्नुहुन्न । यसअघि भएको भदौ २६ को पार्टी एकताको आधार गौतमकै ६ बुँदे प्रस्ताव थियो । समकालीनमा प्रधानमन्त्री नभएका गौतमलाई प्रधानमन्त्री