सत्तारूढ नेकपाभित्रको सङ्कट गहिरिँदै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पुस ४ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न निवास खुलमटार पुग्नुभयो । दुई अध्यक्ष र पछि वामदेव गौतमसहितको खुमलटार विशेष बैठकले सङ्कट समाधानको सूत्र पहिल्यायो वा त्यताउन्मुख भयो भन्न केही समय पर्खनुपर्छ । तर, प्रधानमन्त्रीले लिएको यो पहल जुनसुकै कोणबाट पनि सकारात्मक छ । यसबाट कोही आत्तिनुपर्दैन किनकि दुई अध्यक्षबीचको सहमतिमै समाधान छ ।
संवादकर्ताको स्वायत्ततालाई मान्दा संवादले समाधानउन्मुख गराउँछ । किनकि प्रचण्डको संवाद स्वायत्ततामाथि प्रश्न उठ्छ, बेलाबेला वरिष्ठ नेता माधवकुमार नेपाल जोडिएर आएका कारण । विश्वास राखौँ, ओलीलाई जसरी पनि एक्ल्याउनुपर्छ भन्ने दुर्घटनाउन्मुख सोचबाट नेता नेपाल पनि माथि उठ्नुहुनेछ । लचकताका रूपमा आएको ओलीको यो नयाँ पहलअघि नेता वामदेव गौतमको पुस ३ मा सकारात्मक र एकता पक्षधर उद्घोष आएको थियो, जतिबेला प्रचण्ड र माधव नेपाल आफ्नो गुटको भेलालाई सम्बोधन गरिरहनुभएको थियो । र, ओलीविरोधी मोर्चा निर्माण गरिरहनुभएको थियो ।
ढ्याक्कै प्रवृत्ति नभनौँ तर व्यक्तिको सोचको उपज पनि हो । पार्टी एकढिक्का हुँदा पनि तत्काल गौतमले ठूलो पद प्राप्त गर्ने सम्भावना छैन तर पार्टी विभाजनको त्रासदीका कारण उहाँ गुटलाई प्रोत्साहन गर्न सक्नुहुन्न । यसअघि भएको भदौ २६ को पार्टी एकताको आधार गौतमकै ६ बुँदे प्रस्ताव थियो । समकालीनमा प्रधानमन्त्री नभएका गौतमलाई प्रधानमन्त्री