भारतको १५ औं राष्ट्रपतिमा भाजपाकी द्रौपदी मुर्मू विजयी

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख […]

सम्बन्धित सामग्री

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

काठमाडौं। भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन्। उडिशाकी ६४ वर्षीया मुर्मूले ६४ प्रतिशत नै मत प्राप्त गर्दै विजयी भएकी हुन्। आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन्।

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

काठमाडौँ । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् । भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो । बीजेपी अध्यक्ष जेपी नड्डाले राजपथसम्म सो जुलुसको नेतृत्व गर्ने जनाइएको छ । द्रौपदीको […]

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत

भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।

पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत

भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।