रुकुम (पूर्व) : एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सोमबार (आज) सकुशल उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका थिए। उद्धार गरिएकाको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूको घर पुथाउत्तरगंगा–२ पेल्मा लगिएको छ।मजदुरहरू हिउँमा फसेको खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले पठाएको हेलिकोप्टर मार्