कमला नदीको बीच भागमा घेरिएका तीन महिलासहित चार जनालाई आठ घण्टापछि आज बेलुका सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । नदीको बीच भागमा रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका-३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर बीच भागमा घेरिएका थिए । बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प