काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्न प्रस्ताव गरेका छन्। ‘विचारभन्दा माथि देश’ पुस्तक प्रकाशनबारे जानकारी गराउँदै उनले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्