काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ। मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गर्न लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो । यसका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेको उनल