राष्ट्रियसभाका १९ जना सांसदले गरे शपथग्रहण

काठमाडौं : राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गरेका छन्।संघीय संसद् भवनको ल्होत्से हलमा सोमबार राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। आइतबारदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो। रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन्। एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ।राष्ट्रियसभामा नयाँ सदस्यहरुमा

सम्बन्धित सामग्री

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ शनिबार

काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथग्रहण आगामी शनिबार हुने भएको छ। संघीय संसद सचिवालयका अनुसार फागुन २१ गते कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष सिंहदरबारमा शपथग्रहण समारोह हुनेछ। गत माघ १२ गते सातै प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट १९ जना निर्वाचित भएका थिए। उनीहरुको कार्यकाल फागुन २२ गतेबाट सुरु हुनेछ। सबैको कार्यकाल ६ वर्षको हुनेछ।

१९ जना राष्ट्रियसभा सदस्यको शपथग्रहण शनिबार

काठमाडौं । राष्ट्रियसभाका १९ जना नवनिर्वाचित सदस्यहरुको शपथग्रहण शनिबार हुने भएको छ । गत माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका सदस्यहरुको शपथ फागुन २१ गते शनिबार हुने भएको हो । चार वर्षको कार्याकाल पूरा गरेका २० जना सदस्यहरु शुक्रबार विदा हुँदैछन् । फागुन २० बाट सिरक्त रहने १० मध्ये १९ सदस्यका लागि माघ […]

देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री, राष्ट्रपतिसमक्ष शपथग्रहण

प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले पहिलोपटक बुधबार मन्त्रीमण्डलमा १९ जना सदस्य थप गरेका हुन् । उनी गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।