गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट
सम्झौताअनुरुप बैंकका ग्राहकहरूले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्नेछन्
गरिमा विकास बैंक र लाईफ स्टाईल ईन्टरनेशनल प्रा. लि. बिच ‘गोल्डस्टार जुत्ता’मा छुट दिने सम्झौता भएको छ । बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको हो । सम्झौता अनुरुप विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्न सक्ने छन्। यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।हाल, गरिमा विकास बैंकले ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।