आधारभूत शेयरधनी र संचालकलाई हकप्रदको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

समृद्धि फाइनान्स Samriddhi Finance Company ले आधारभूत शेयरधनी र संचालकहरुलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्नो भागमा परेको हकप्रद खरीद वापत आवश्यक पर्ने रकम माघ ५ गतेदेखि माघ १२ गतेसम्म कम्पनीको खातामा जम्मा गरिदिन  आधारभूत शेयरधनी र संचालकहरुलाई आग्रह गरेको हो ।५४ हजार ५ सय ९५ कित्ता भन्दाबढी शेयर धारण गर्ने शेयरधनीहरु आधारभूत शेयरधनीमा पर्दछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई  मङ्सिर २९ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो ।कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।   

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको शाखा विस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कपिलवस्तुको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ । यो फाइनान्सको १३ औं शाखा हो । उक्त शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका सञ्चालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर अजय थापाले यस क्षेत्रमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिग कारोबार […]

समृद्धि फाइनान्सद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

साउन ३१, काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनीले शेयधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले  शेयरधनीलाई २०६४/ ६५ सम्म घोषणा भइ वितरण गर्न बाँकी लाभांश रू.१ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लिन नआएकाले यथाशिघ्र लिन भनेको हो ।  कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिनपनि भनेको छ ।कम्पनीले उक्त समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताएको छ ।

समृद्धि फाइनान्सद्वारा मोवाइल रेमिट्यान्स सेवा शुरु

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ । जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउने सक्ने कम्पनीले बताएको छ ।  रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बंैक खातामा संकलन वा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । साथै कम्पनीले सञ्चालनमा ल्याएको समृद्धि एम बैंक एप्लिकेशनबाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरीद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नुका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने बताइएको छ ।  हाल कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको समेत कम्पनीले जानकारी गराएको छ ।