काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिलामन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठसहित नेपाली कांग्रेसका ४० नेतालाई समानुपातिक उम्मेदवार बन्न रोक लगाइएको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रअनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको नाम सिफारिस गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई नदोहो-याउने व्यवस्था छ […]