सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका न