व्यास नपा–१४ का मखन गुरुङ केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । बैदेशिक रोजगारीका लागि कहिले इराक, कहिले दुबई त कहिले साउदी अरब र मलेसियासम्म पुग्नु भएका उहाँ अहिले भने आफ्नै गाउँमा च्याउ र तरकारी खेतीमा रमाईरहनु भएको छ । ‘लामो समय विदेशमा रोजगारीमा बिताएँ’ उहाँले भन्नुभयो ‘तर स्वदेशको जस्तो कमाई बिदेशमा भएन ।’
मखनले व्यास नपा १३ का साथी टकबहादुर गुरुङसँग मिलेर व्यास नपा १३ को सोंढेमा च्याउ खेती गर्नु भएको छ । टकबहादुरले चार वर्ष अघि देखी गरेको च्याउ खेतीमा मखन दुई वर्ष अघिदेखी मिसिनु भएको हो । यस बाहेक मखनले आफ्नै घर नजिक ३ रोपनी जग्गामा एभोकाडो र तरकारी खेती समेत गर्नु भएको छ ।