जिल्लामा डीएपी मलको चरम अभाव भएको गुनासो किसानले गरेका छन् । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह जिल्लामा डीएपी मलको चरम अभाव हुँदा किसान समस्यामा परेको बताउँछन् ।
अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो ।सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल पाएका छैनन् । मौसमले साथ दिएपछि धान रोपाइँ सुरु गरेका किसानले डीएपी मल पर्याप्त मात्रामा पाएका छैनन् भने युरिया मलको चरम अभाव छ ।लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय रमिते बनेका छन
झापा । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो ।
धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र...
झापा । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो ।
धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र...
काठमाण्डाै - देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् ।
सप्तरीमा गएको बुधवार मल मागेर किसानले जिल्ला प्रशासन कार्यालय नै नै घेराउ गरेका थिए । उनीहरुको आन्दोलनपछि सप्तरीका १८ पालिकामा ३ सय ७५ बोरा युरिया र ३ सय ४४ बोरा डीएपी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर यो मल पनि जिल्लाका ला...
वीरगञ्ज । तराई मधेशका जिल्लामा गहुँ छर्ने मुख्य समयमै मलको अभाव भएको छ । तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लाका किसानले गहुँको सिजनमा डीएपी मलको अभाव झेल्नु परेको हो ।
धान काटिसकेपछि गहुँ छर्ने बेलामा डीएपी मल नपाइएको पर्सा पोखरियाका किसान श्याम ठाकुरले गुनासो गरे । गत वर्षामा धानखेतीका लागि मल नपाएका किसानलाई सरकारले गहुँ छर्दा मल अभाव नहुने आश्वासन दिएको थियो । मल आपूर्तिको जिम्मा लिएका ठेकेदारले अन्तिम समयसम्म मल आयात गर्न नपाएपछि धानको सिजनमा समेत अभाव भएको थियो । बंगलादेशबाट पैंचो मागिएको मल आपूर्तिमा समेत विलम्ब भएपछि सरकारले गहुँ खेतीका लागि उपलब्ध हुने बताएकोमा गहुँ छर्ने बेलामा पनि किसानले मल पाएका छैनन् ।
वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडको क्षेत्रीय कार्यालयले मल उपलब्ध गराउन नसकिएको बताएका छन् । मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून भएकाले समस्या भएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले बताए । डीएपी मलको उच्च माग आएको केसीले बताए । मल आपूर्तिको जिम्मा लिएका कम्पनीले समयमा आपूर्ति नगरेकाले मलको संकट परेको कार्यालयले बताएको छ ।
कृषि समग्रीले चालू आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म ९ हजार ५ सय मेट्रिक टन डीएपी मल विक्री गरेको छ । सरकारले यस वर्षका लागि ग्लोबल टेन्डरबाट २५ हजार मेट्रिक टन डीएपी मलको ल्याउने ठेक्का दिएको कार्यालयले जनाएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा आउने गरी लोड भएको २ रेल ¥याक मल बाटोमै रहेको जानकारी पनि केसीले बताए । दुईओटा र्याकमा रहेको ५ हजार मेट्रिकटन मल यसै साता वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुग्ने र उक्त परिमाण आइसकेपछि आपूर्ति केही सहज हुने विश्वास कम्पनीको छ ।
काठमाण्डाै - माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।
मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ ।
निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणल...
विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए ।
‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरेँ । बाँकी १५ कठ्ठामा छर्न पाइएन ।’ होक्लाबारीकै गजेन्द्र भट्टराईले पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्न नपाएको गुनासो गरे । ‘कृषि सामग्री कम्पनीले दिएन, सीमावर्ती बजारमा पाइने कमसल डीएपी ल्याएर खेती गर्नुको अर्थ नै छैन ।’
कृषि सामग्री कम्पनीले मागेजति डीएपी मल नदिएको गुनासो सम्बन्धित सहकारी संस्थाहरूको छ । ‘एक लटमा मुश्किलले ५० बोरा दिन्छ,’ कम्पनीबाट डीएपी लगेर किसानलाई विक्री गर्ने सहकारी संस्था होक्लाबारीका प्रतिनिधि रवीन्द्र तिवारीले भने, ‘एक लटमा दुईसय बोराको माग हुन्छ । तर सामग्रीले एक चौथाइ परिमाण मात्र उपलब्ध गराएपछि किसानलाई बढीमा २५ केजीमात्र उपलब्ध गराउने गरेका छौं ।
रंगेली आमतोलाका रुद्र भट्टराईको पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्ने योजना पूरा हुन सकेको छैन । माटो तयारी भएको, तर कहीँ जाँदा पनि मल नपाउँदा तोरी छर्न नपाएको उनको गुनासो छ ।
सुनसरीको बर्जु–४ सीतागञ्जका जितबहादुर खड्काले स्थानीय सहकारी संस्थाले उपलब्ध नगराएपछि सीमावर्ती भारतीय बजारमा उपलब्ध हुने कमसल मल ल्याएर दुई बिघा खेतमा तोरी छरे । ‘माटो तयार गरेर डीएपी मलको पर्खाइमा दुई सातासम्म बसेँ,’ खड्काले भने, ‘नपाएपछि सीमावर्ती बजारमा उपलब्ध हुने कमसल मल ल्याएर तोरी छर्न बाध्य भएँ ।’
बर्जुकै विन्दे साहले पनि तोरी छर्न माटो तयार गरेर सातासम्म डीएपी मल खोजी गर्दा नपाएपछि सीमावर्ती बजारबाट ल्याएर तोरी छरेको बताए । ‘ठूला किसानले मागेजति डीएपी कृषि सामग्रीबाटै ल्याएर तोरी र गहुँ छर्छन्,’ उनले भने ‘साना किसानले नपाउँदा सीमावर्ती बजारमा निर्भर हुन बाध्य छौं ।’
माग अनुसारको आयात हुन नसक्दा तोरीको सिजनलाई डीएपीको अभाव भएको प्रदेश १ कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । ‘प्रदेश १ मा मात्र तोरीका लागि ७–८ हजार टनभन्दा बढी डीएपीको माग छ,’ उनले भने, ‘कृषि सामग्री कम्पनीले ६ हजार ५०० टनमात्र आयात गरेको छ । त्यसमा पनि दुई हजार टन दुई नम्बर प्रदेशमा जान्छ ।’
आयात गरिएको ६ हजार ५०० टनमध्ये १ हजार २०० टनमात्र आइपुुगेको कृषि सामग्री कम्पनी विराटनगरका प्रमुख नवरत्न गौतमले बताए । ‘अहिले आइपुगेको डीएपी मल प्रतिडिलर ५० बोराका दरले वितरण गरिएको छ,’ गौतमले भने, ‘किसानको माग अनुसार उपलब्ध हुन सकेको छैन ।’ मूल्यवृद्धिका कारण आवश्यकता अनुसार डीएपी मल खरीद गर्न नसक्दा अभाव भएको उनको भनाइ छ ।
२३ कात्तिक, काठमाडौं । हिउँदे बालीका लागि किसानले यसवर्ष पनि रासायिनक मलको अभाव झेल्नुपर्ने देखिएको छ । कात्तिकदेखि पुससम्म हिउँदे बाली खेतीका लागि १ लाख ५० हजार मेट्रिकटन डीएपी मलको माग रहेको छ । तर अहिले सरकारी गोदाममा यस्तो मलको मौज्दात शून्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् । मलको कारोबार गर्ने अधिकार पाएको सरकारी स्वमित्वको […]
किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको
सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खे बाली लगाउन शुरू भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला भइसक्दा समेत आवश्यकता अनुसार नपाइएको गुनासो किसानहरूको छ ।
धान रोप्ने सिजनमै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउँपालिका–६ का किसान हेमलाल बोहराले बताए । ‘किसानको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करिब २ सय बोरा मल खपत गर्न सक्छ, तर यहाँ मल छैन,’ उनले भने ‘एक बोरा मल ४÷५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता छ ।’
शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउँदा किसान निराश भएर फर्किनुपरेको बताए । ‘धान र मकैलाई अहिले नै अहिले युरिया मलको आवश्यकता छ,’ उनले भने, ‘हामीले आपूर्ति गर्न सकेका छैनौं ।’ पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको अभाव खेप्दै आएका छन् । विगतमा प्रांगारिक मल प्रयोग गर्दै आएका किसानको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ ।
जिल्लाभर बर्खे सिजनमा मात्रै करिब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले बताएको छ । चालू आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । तर कोटाको आधाभन्दा पनि कम मल आपूर्ति भएको छ ।
कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रवीणजंग शाहले यस वर्ष जिल्लामा १९ हजार ७ सय ३० बोरा युरिया र ८ हजार बोरा डीएपी मल आपूर्ति भएको बताए । कर्पोरेसनमा ५० बोरा युरिया, १ सय ३० बोरा पोटास र ४ सय ९० बोरा डीएपी मौज्दाज छ । ‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, सिजनमै किसानले मल नपाउँदा समस्या भएको छ,’ शाहले भने ।
जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती र १९ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । पर्याप्त मात्रामा मल उपलब्ध नहुँदा खेती कसरी गर्ने भन्ने चिन्ता किसानमा देखिएको छ ।