काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पाटन नगरपालिका–८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको आज...