प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो। यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।

सम्बन्धित सामग्री

बाबुराम र प्रेम आलेको त्यो बचन : एमसीसी पास हुनेमा देउवा ढुक्क !

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बाल

फागुन १३ गतेभित्र एमसीसी अनुमोदन गर्ने सरकारको तयारी !

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । सरकारले  यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गरेको हो । टेबल भएको सम्झौताउपर भोलि (बिहीबार) बस्ने संसद् बैठकमा छलफल सुरु हुनेछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि...