यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी एकदिवसिय विश्वकअघिको अभ्यास खेलमा आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया विजयी भएका छन्।
सोमवार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गर्दा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले सहजै हरायो।
अष्ट्रेलियाले श्रीलंकाले दिएको २४० रनको लक्ष्य ४४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।