गुल्मी उद्योग बाणिज्य संघको अधिवेशनबाट निवर्तमान उपाध्यक्ष ईश्वरी पौड्याल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको ३० औं साधारण सभा तथा ११ औं अधिवेशनबाट पौड्याल सर्वसम्मत निर्वाचत भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बिष्णु प्रसाद वलालले जानकारी दिए ।उनका अनुसार उपाध्यक्षत्रयः क्रमशः रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ, तारा भुसाल निर्वाचित भएका छन् । त्यस्तै महासचिव ईश्वरीप्रसाद बेलवासे, सचिव चेतनारायण पाण्डे , कोषाध्यक्ष बिष्णु अधिकारी र सह–कोषाध्यक्ष ईश्वरी कँडेल सर्वसम्म