पर्यटकीय सिजनः सोधपुछ भयो, बुकिङ आएन

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्।...

सम्बन्धित सामग्री

पर्यटकीय सिजनः सोधपुछ मात्र भयो, बुकिङ आएन

यतिबेला पर्यटन क्षेत्रमा सिजन सुरु भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिडडुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गएपनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनक...

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना...

सौराहामा बढ्दै बाह्य पर्यटकको चहलपहल

चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको छ । सौराहामा लामो समयपछि विशेषगरी यूरोपेली पर्यटक आउन शुरू गरेका छन् । ‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् । विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुशीको कुरा हो ।’ कोरोना संक्रमणको दर घट्दै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमका लागि होटल बुकिङ हुन थालेको उनको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मनी, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरदेखि पर्यटकीय क्षेत्र पुरानै अवस्थामा फर्कने अनुमान उनको छ । ‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन्। हिजोआज समूहमै पनि आउने गरेका छन्,’ उनले भने । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सन् २०२३ सम्ममा नेपालमा बाह्य पर्यटकको आगमन निकै सुधार हुने अनुमान गरे । चितवन राष्ट्रिय निकुञ्जसहित सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विशेषगरी एशियाली पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ । समितिका अध्यक्ष जितबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रवार र शनिवारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेकाले व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ । सौराहामा मुख्यरूपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवाहका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइ हुने गरेको छ । चितवन देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघसंस्थाले तालिम, सभा, सम्मेलन गर्दछन् । मुख्यरूपमा भारतीयहरू विवाहका लागि यहाँ आउने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरू पर्यटकीय गतिविधिमा समेत रमाउन पाउने हुँदा सौराहा रोजाइ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

सौराहामा विदेशी पर्यटक देखिन थालेसँगै पर्यटन व्यवसायी उत्साहित

फागुन ११, चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन शुरु गरेका हुन् । ‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।’  सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ । ‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे’, उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’  पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।  ‘धेरै समयपछि छिटफुट रुपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाही समूहमै आउने गरेका छन्’, उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।’ क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्षसमेत रहेका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताए ।  सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् ।  नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ ।  समितिका अध्यक्ष जीतबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । उनले भने, ‘पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।’ व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उनको भनाइ छ । सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् ।  होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।  सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइँ हुने गरेको छ ।  देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईओटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

राजनीतिक गतिविधिले चितवनको पर्यटन चलायमान

चितवन । चितवनमा सत्तारुढदेखि प्रतिपक्षी दलसम्मका राजनीतिक गतिविधि बढ्दै गएका छन् । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ताको चितवन आउजाउ बढेपछि यहाँका पर्यटन व्यवसायी भने खुसी छन् । एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशन, कांंग्रेसको जिल्ला अधिवेशन, नेकपा मालेको राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएपछि थला परेको पर्यटन उक्सिने आसमा व्यवसायी रहेका हुन् । कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरू उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलमा पाहुनाको बाक्लो उपस्थिति देखिन थालेको छ । कतिपय होटलमा महाधिवेशन लक्षित कोठा बुकिङ, सोधपुछ हुने गरेको व्यवसायी बताउँछन् । जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’, उनले भने, एमालेको महाधिवेशनले हामी थप उत्साहित छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रा लागि यो ठूलो अवसर हो । महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौं भन्ने विषयमा छलफलमा छौं,’ उनले भने । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । चितवनको पर्यटनका लागि अवसर र चुनौती दुवै छ,’ उनले भने, ‘हामीले देशभर निःशुल्क पर्यटन प्रवद्र्धन गर्न पाउनेछौं भने अतिथिलाई दिने सेवामा कति सन्तुष्ट पार्छौं भन्ने हो ।’ पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि स–साना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्न थालेको भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, पर्यटनसम्बद्ध संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले जानकारी दिए । ‘झन्डै १० वर्षपछि चितवनको पर्यटनका लागि अवसर जुटेको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ भट्टराईले भने । उनका अनुसार पाहुनालाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम थालिएको छ । सौराहामा एमाले महाधिवेशनको मतदान प्रक्रिया र बन्दसत्र भए पनि नारायणगढका साना तथा ठूला होटल सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशन उद्घाटन हुने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । सोही कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय स्थल पटिहानी, मेघौलीलगायत क्षेत्र पनि चलायमान हुने व्यवसायीको आशा छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशयी भएको पर्यटनलाई राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ,’ उनले भने । एमाले महाधिवेशनमा सात वटै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि, पालिका प्रमुख र अन्य देश–विदेशबाट आउने अतिथिलाई व्यवस्थापन गर्न एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महाधिवेशन तयारी र व्यवस्थापनका लागि जुटिरहेको जानकारी दिए । ‘अहिले खाने, बस्ने व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल  भइरहेको छ’, उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने पाहुनाको सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

कात्तिक २६, चितवन । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन र मंसिर १० गतेबाट शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन चितवनमानै हुन लागेकोले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।   कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरु उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलहरुमा पाहुनाहरुको बाक्लो उपस्थिति देखिदै आएको छ । कतिपय होटलहरुमा महाधिवेशन लक्षित कोठाहरु बुकिङ, सोधपुछ हुने गरेको व्यवसायीहरु बताउँछन् ।  जंगल सफारी लजका सञ्चालक एवम् क्षेत्रीय होटल संघ, सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्, उनले भने, एमालेको महाधिवेशनले त हामी थप उत्साहित भएका छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए ।  ‘कोरोना कहरपछि हाम्रो लागि यो ठूलो अवसर हो, हामी महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यस्थित र सेवा दिन सक्छौ भन्ने विषयमा छलफलमा छौं’ । चितवनमा हुने यस्ता गतिविधिले समग्र चितवन र नेपालको लागि प्रचारप्रसार सकारात्मक सन्देश जाने उनको भनाइ छ ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले गर्दा पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । ‘चितवनको पर्यटनको लागि अवसर र चुनौति दुवै छ, उनले भने, एक त हामीले देशभर निशुल्क रुपमा पर्यटन प्रवर्द्धन गर्न पाउनेछौं, अर्कोकुरा हामीले अतिथिहरुलाई दिने सेवामा कत्ति सन्तुष्ट पार्छौं भन्ने हो ।’     पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि सानासाना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्ने  भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, अन्य पर्यटनसम्बन्धी संस्था र स्थानीयसँग छलफल भइरहेको उनले बताए ।  ‘झण्डै १० वर्ष पछि चितवनको पर्यटनको लागि ऐतिहासिक अवसर जुटेको छ । यसले हामीलाई उर्जाशील र उत्साहित बनाएको छ ।’ भट्टराईले भने । उनका अनुसार ती अतिथिहरुलाई लक्षित गरी छूटका प्याकेज, स्वागत, सजावटका काम शुरु गर्न लागिएको छ ।  सौराहामा महाधिवेशन मतदान प्रक्रिया र बन्द शत्र भएपनि नारायणगढका साना तथा होटलहरुपनि सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशनको उद्धघाटन हुने एमालेको पूर्व निर्धारित कार्यक्रम रहेको छ । जसका कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौली लगायतका क्षेत्रहरु पनि चलायमान हुने व्यवसायीको आशा छ ।  होटल व्यवसायी महासंघ,नेपालका वरिष्ठ उपाध्यक्ष एवम् होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेश कुमार चुके कोरोनाले धराशायी भएको पर्यटन व्यवसायले यस्ता राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘अहिलेदेखिनै मेरो टांँडीको गंगोत्री हाइवे होटलको बुकिङ भइसकेको छ, उनले भने, नारायणगढको होटलमा पनि नेता तथा कार्यकर्ता आउने जाने क्रम छ ।’  जिल्लामा एकैपटक यति ठूलो संख्यामा देशभरबाट अतिथि पाहुना आउने भएकोले उनीहरुलाई पर्यटकीय प्याकेज बनाएर लैजानुपर्ने उनको तर्क छ । ‘चितवनमा ४० ओटा पर्यटकीय गन्तव्य छन् । यसको प्रवर्द्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ ।’ उनले भने   यसका लागि हरेक क्षेत्रका पर्यटन व्यवसायी, स्थानीय सरकारसँगको सहकार्य र समन्वय हुनुपर्ने चुकेले बताए ।  चितवनमा आगामी १० गतेदेखि नेकपा एमालेको महाधिवेशन शुरु भएदेखि व्यवस्थापनको लागि अलग्गै समिति उपसमिति बनाएर आ आफ्नो जिम्मेवारी अनुसार काम शुरु गरिएको छ । यसका लागि शिर्षस्थ नेताहरुसँग छलफल, व्यवस्थापन बारे छलफल भईरहेको छ ।   देशका सातै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि पालिका प्रमुख र अन्य देश विदेशबाट आउने अतिथि हरुलाई व्यवस्थापन गर्न नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डे महाधिवेशनको तयारी र व्यवस्थापनका लागि जुटिरहेको बताउँछन् । ‘अहिले खाने बस्ने व्यवस्थापनको लागि होटल व्यवसायीहरुसँग छलफल भईरहेको छ । उनले भने, हामीले प्रत्येक प्रदेशबाट आउने अतिथिहरुलाई सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’ नेकपा एमाले महाधिवेशनको लागि ५ लाखको हाराहारीमा अतिथिहरु आउने जानकारी दिँदै उनले यो एउटा पार्टी विशेषको लागि मात्र फाईदा नभई समग्र चितवनलाई चिनाउन र चितवनबासीलाई फाईदा पुग्ने बताए ।

पर्यटन पुनरुत्थानको संकेत

दशैको लामो बिदा र विदेशी पर्यटक आगमनलाई सहज बनाइएपछि नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थानको संकेत देखिएको छ । यतिबेला प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक र बाह्य पर्यटकको राम्रो उपस्थिति देखिन थालेको छ । कतिपय क्षेत्रमा त होटेलहरू भरिभराउ नै हुन पुगेको समाचार आइरहेका छन् भने कतिपय होटेलहरूको अकुपेन्सी दर निकै बढेको तथा रिजर्भेशन पनि राम्रै रहेको प्रतिक्रिया आइरहेका छन् । त्यसमा पनि अहिले आउने पर्यटक नेपालले गुणस्तरीय पर्यटनको अपेक्षा गरेका देशबाट आएका छन् । त्यसो हुँदा पर्यटनलाई गुणस्तर बनाउने मौकासमेत मिलेको छ । यद्यपि यसले निरन्तरता पाउनेमा भने आशंका नै छ ।   सरकारले स्वास्थ्य निर्देशिका लचिलो बनाएपछि विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि भएको हो । अध्यागमन विभागले तयार पारेको विवरणअनुसार हवाई र स्थलमार्ग हुँदै अक्टोबर १ देखि १६ तारीखसम्म ११ हजार ९ सय ८८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तेस्रो मुलुकबाट नेपाल आउनेके संख्यामध्ये १९ प्रतिशत पर्यटक रहेका छन् । अघिल्लो महिना यस्तो संख्या १४ प्रतिशत थियो । सेप्टेम्बर महीनाभरको तुलनामा अक्टोबरको आधा नबित्दै विदेशी पर्यटकको आउने दर ५ प्रतिशतले वृद्धि भएको अध्यागमनका तथ्यांकले देखाउँछ । सेप्टेम्बर १ महीनामा भित्रिएका पर्यटकको तथ्यांकभन्दा अक्टोबर १६ तारीखभित्र नेपाल भित्रिएका पर्यटकको संख्या धेरै देखिनुले बाह्य पर्यटक आगमन सकारात्मक रहेको देखिन्छ । सरकारले विदेशी पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था हटाएकाले आगामी दिनमा पर्यटक आगमन निकै बढ्ने देखिएको छ । अहिले खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन शुरू गरिएको छ । अहिलेको समय पदयात्रा र हिमाल आरोहणको हो । अनअराइभल भिसाले नेपाल पदयात्रा र हिमाल आरोहणका लागि खुलेको सन्देश दिएको छ । त्यसको प्रभाव बिस्तारै देखिन थाल्नेछ । तेस्रो मुलुकबाट पर्यटक आउन थालेपछि काठमाडौंलगायत मोफसलका तारे होटेलमा चहलपहल शुरू भएको छ । यसले पर्यटनक व्यवसायीमा उत्साह जगाएको छ । यही क्रममा पर्यटक आगमन भए कोभिडका कारण २ वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुनरुत्थान हुने अपेक्षा छ । १ महीनाअघि प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटक नै देखिँदैनथ्यो । त्यसैले कतिपयले सटरै बन्द गरेर बसेका थिए । तर, तिनले अहिले पसल खोल्न थालेका छन् । फाट्टफुट्ट पर्यटक देखापर्न थालेको र तिनले सोधपुछ गर्न थालेकाले व्यवसाय चल्ने विश्वास व्यवसायीमा फेला परेको छ । हस्तकलाका व्यवसायीहरू आशावादी बनेका छन् । नेपालको प्रमुख पर्यटन बजार भनेको भारतीय र चिनियाँ हुन् । अहिले पनि चीनबाट पर्यटक आगमन ठप्प छ । तर, भारतबाट भने पर्यटक आउन थालेका छन् । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या अहिले बढेको हो । अमेरिका र यूरोपबाट आउने पर्यटकको संख्या बढ्नु नेपाली पर्यटनका लागि राम्रो अवसर पनि हो । यो १६ दिनको अवधिमा भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ । ४ हजारभन्दा भारतीय पर्यटन नेपाल आएका छन् । नेपाल भित्रिने पर्यटकको कुल संख्याको एक तिहाइ भारतीय पर्यटक रहेका छन् । प्रख्यात भारतीय अभिनेता अनुपम खेरको टोली अहिले सिनेमा छायांकनका लागि नेपालमा रहेको छ । उनले नेपालका तस्वीरहरू सामाजिक सञ्जालमा हालिरहेका छन् जसले गर्दा भारतीय पर्यटकमाझ सकारात्मक सन्देश गइरहेको छ । नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायीहरूले यस अवसरको फाइदा लिन भने नसकेको देखिन्छ । उनले सित्तैमा नेपालको प्रचार गरिरहेका छन् तर प्रचारका लागि तिनलाई उपयोग गर्न पर्यटन बोर्ड भने चुकेको छ । पैसा खर्च गरेर गर्नुपर्ने प्रचार सित्तैमा हुँदा पनि त्यसको लाभ लिन नखोज्नुमा भारतीय पर्यटकप्रति नेपालीहरूको हेराइ नकारात्मक हुनु हो । पश्चिमेली पर्यटक जति भारतीय पर्यटकले खर्च नगर्ने र मूल्यमा मोलमोलाइ गर्ने भएकाले यस्तो भएको हुन सक्छ । तर, नेपालको पर्यटनमा उनीहरूको योगदान ठूलो छ भन्ने बिर्सनु हुँदैन । डेढ वर्षभन्दा बढी समयदेखि ठप्प रहेको पर्यटन व्यवसायमा यी सकारात्मक संकेत देखिए पनि नेपालको अपेक्षा, लगानी र भौतिक संरचनाअनुसार भने ज्यादै न्यून हो । पर्यटक आगमन बढाउन नेपालमा कोरोनाको जोखिम कम छ भन्ने सन्देश प्रवाहित गर्नु आवश्यक छ । यसका लागि सरकारले काम गर्नुपर्छ । बेलायतले नेपाललाई रेड जोनबाट हटाए पनि अन्य यूरोपेली देशले हटाएका छैनन् । यसका लागि त्यहाँ कार्यरत कूटनीतिक क्षेत्र सक्रिय हुनुपर्ने देखिन्छ । साथै विश्वभरि नै झन्डै २ वर्षदेखि मानिसहरूले घुमफिर गर्न पाएका छैनन् । नेपालको अद्वितीय विशेषतासँग परिचित पश्चिमेली पर्यटक नेपाल आउन उत्साहित पनि छन् । तर, पर्यटनको बजारीकरण हुन सकेको छैन । कोभिडपछिको पर्यटनलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट कार्यनीति र त्यसको कार्यान्वयन हुन सकेको छैन । योजनबद्ध किसिमले सरकार र निजीक्षेत्रले यसमा काम गर्न ढिला भइसकेको छ । नेपाल खुला भएको सन्देश जानासाथ पर्यटन आगमनमा सकारात्मक वृद्धि हुनु खुशीको कुरा हो तर त्यसमा हाम्रो तदारुकता पुगेको छैन । पोखरालगायत केही पर्यटन क्षेत्रका व्यवसायीहरूले अहिले आन्तरिक पर्यटकका कारण राम्रो व्यवसाय पाएका छन् । दशैंको लामो बिदामा घुमघाम गर्ने प्रवृत्ति केही वर्षयता निकै बढेको छ । त्यसैको परिणति यस याममा आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मार्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने नेपाली पर्यटक उल्लेख्य मात्राा देखिएका छन् । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । अहिले पोखराका होटेलको अकुपेन्सी दर ३५ देखि ५० प्रतिशतसम्म रहेको छ । यो दरले होटेलहरू राम्रैसँग सञ्चालन हुन सक्छन् । आन्तरिक पर्यटनले अहिलेलाई पर्यटनमा निकै ठूलो टेको दिएको छ । तर, यसलाई निरन्तरता दिन व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै वराह ताल

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित बिममा रहेको वराह ताल आकर्षक र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ । प्रसिद्ध धार्मिक स्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउन आकर्षित गर्न सक्ने यो ताल मिथक र रहस्यको एक अनुपम स्थान पनि हो ।       कोरोना महामारी फैलिनुअघि यहाँ रमाउन दैनिक चार÷पाँच सय पर्यटक आउने गरेकामा संक्रमण सुरु भएयता सुनसान देखिन थालेको छ । जैविक विविधताका कारण ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने बिमका नवीन जुग्जालीले बताए । प्राचीनकालमा आमाछोरी वराह क्षेत्र घुम्न जाँदा वराह देवताले छोरीलाई लुकाएपछि आमाले वियोगमा तडपिँदै खोज्न थालिन् । धेरै दिनपछि छोरी खोज्दै उक्त ताल नजिक पुगेकी आमाले चिच्याएर बोलाउँदा तालभित्रबाट छोरीले बोलेको आवाज सुनिन् । छोरीलाई बाहिर आउन आग्रह गर्दा आप्mनो बच्चा भइसकेकाले बाहिर आउन अनुमति नभएको बताइन् । आमाले बच्चालाई भए पनि हेर्न चाहन्छु भनी जिद्दी गरेकीले त्यहाँ एउटा सर्प त्यहाँ आयो, यो देखेर आमा भागिन्, उता सर्प पनि मरेछ । साँझपख वराह घरमा आउँदा आप्mनो बच्चा मरेको देखेर सोधपुछ गर्दा उनकी पत्नी बनेकी ती छोरीले सबै वृत्तान्त बताइन् ।      यो घटनाले क्रोधित बनेका वराहले तीर चलाए, त्यो तीर पत्नीको आँखामा लागेर रगतको धारो बग्यो । रगतले केही समयसम्म तालको रङ रातो भएकामा त्यसपछि कहिले नीलो त कहिले खैरो हुने हुन थालेको बताइन्छ । तालमा रुखका सुकेका पात खसिरहे पनि त्यहाँ बस्ने एक जोडी चराले टिपेर प्mयाँक्ने गर्थे भन्ने किंवदन्ती छ ।       तालमा विसं १९२५ देखि पूजाआजा गर्ने परम्परा चलेको स्थानीय वृद्धवृद्धा बताउँछन् । एकचोटि घोडाले पानी पिउँदा केही वर्ष ताल नै सुकेको भन्ने अर्को किंवदन्ती पनि सुनिन्छ । तिर्खाएका एक हलगोरुले तालको पानी पिउन लाग्दा बेपत्ता भएको र कसैले फोहोर गरिदिए असिना, हुरी, खडेरी पर्ने स्थानीय सुनाउँछन् ।      उक्त तालमा मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै भने त्यहाँबाट गुर्जा हिमाल, सुन्दर ग्रामीण बस्ती, वनजंगल र पहाड अवलोकन गर्न सकिने वडाध्यक्ष रेशम जुग्जाली बताउँछन् । बाइन्दाफाँट गाउँको माथि रहेको गोलो आकारको ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलको धारणा छ ।      आधा रोपनी जमिनमा फैलिएको, तीन मिटर गहिरो र समुद्री सतहदेखि २ हजार ३०० मिटरको उचाइमा अवस्थित यो तालको माथिल्लोपट्टि वराह थान छ । सोही थानको नजिकैबाट खसेकोे पानी तालमा मिसिन्छ ।      तालमा रहेका जलवराहको पूजा तथा भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाको केन्द्र दरबाङदेखि यहाँसम्म आइपुगेको सडकलाई विस्तार गरेर मालिकाधुरीसम्म जोड्न र यहाँको संरक्षण तथा प्रचार–प्रसारका लागि एकीकृत योजना बनाइएको वडाध्यक्ष जुग्जालीले जानकारी दिए । यहाँ सडक विस्तार भएकाले ताललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना नै बनाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रासस

खोप लगाएका पर्यटकलाई नरोकौं

कोरोना महामारीले थलिएको अर्थतन्त्र बिस्तारै चलमलाउन थालेको छ । गत महीनामा भारतले २३ प्रतिशत आर्थिक वृद्धि दर प्राप्त गरेको छ । उपयुक्त रणनीति अपनाए नेपालमा पनि ठूलो आर्थिक वृद्धिदर प्राप्त गर्न सकिन्छ । सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पनि पुनर्जीवन दिन सकिने आधार देखा पर्दैछ । नेपालमा १५ प्रशितभन्दा बढीले खोप लगाइसकेका छन् । विभिन्न व्यवसायमा आबद्ध धेरैजसो व्यक्तिले खोप लगाइसकेकाले अब विगतमा जस्तो कोरोना संक्रमणसँग डराएर सबै गतिविधि ठप्प पार्नुपर्ने अवस्था छैन । त्यसैले पर्यटन व्यवसायलाई पनि निर्धक्कसँग सञ्चालन गर्न सकिन्छ । यद्यपि स्वास्थ्य सतर्कता र मापदण्ड पालना गर्न भने आवश्यक छ । सरकारले अहिले सबैजसो क्षेत्र खुला गरिसकेको छ । पर्यटकीय गतिविधिका लागि पनि अहिले बन्देज छैन । तर, अहिले आन्तरिक पर्यटनको याम होइन । दशैंतिहारपछि आन्तरिक पर्यटन चलायमान हुन्छ । तर, आन्तरिक पर्यटनले केही भरथेग गरेर पनि व्यवसायलाई अघि बढाउन र अर्थतन्त्रमा योगदान दिन भने बाह्य पर्यटककै भर पर्नुपर्छ । त्यसैले अब पर्यटकलाई स्वागत गर्ने रणनीति तयार गरी पर्यटन प्याकेज बनाउन ढिला गर्नु हुँदैन । तर, सरकारले केकस्तो निर्णय लिन्छ भन्ने अन्योल भएकाले व्यवसायीहरूले कुनै पनि प्याकेज ल्याउन सकिरहेका छैनन् । अहिले बाह्य पर्यटकहरूले नेपालमा पर्यटन कहिलेदेखि खुला हुन्छ भनेर सोधपुछ गर्न थालेका छन् । यसको अर्थ हामीले पर्यटन क्षेत्र खुला गर्‍यौं भने पर्यटक आगमनको सम्भावना राम्रै छ । हो, कोरोनाअघिको जस्तो ८/१० लाख पर्यटक नआउलान् तर केही लाख पर्यटक आए पनि अर्थतन्त्र र व्यवसायीलाई ठूलो सहयोग हुन्छ । विश्वका धेरै देशले अहिले कोरोनाविरुद्धको खोप लगाएका मानिसलाई मुलुकभित्र प्रवेश गर्न दिइरहेका छन् । पर्यटन गतिविधि पनि शुरू गरिसकेका छन् । उनीहरूले विशेष प्याकेज ल्याएका छन् । १ वर्षसम्मका लागि उनीहरूले ७० प्रतिशतसम्मको छूटमा प्याकेज बुक गर्न सक्ने बजार नीति ल्याएका छन् । तर, नेपालमा त्यस्तो तयारी खासै केही छैन । असोजमसान्तसम्म ४० प्रतिशतलाई खोप लगाइसक्ने सरकारी लक्ष्य छ । यस्तोमा कोरोना महामारी भनेर नाममात्रकै भए पनि निषेधाज्ञा लगाउनु गलत हो । निषेधाज्ञा नभनेर जोखिमयुक्त क्षेत्रमा कडाइ गर्नु बढी व्यावहारिक हुन्छ । खासगरी पर्यटन क्षेत्रका लागि यो आवश्यक छ । भित्र जतिसुकै खुला भए पनि सरकारले निषेधाज्ञा छ भने पछि पर्यटकहरू नेपाल आउने कुरै भएन । सरकारको यो नीतिले विश्व पर्यटन बजारमा नेपाल बढी जोखिमयुक्त क्षेत्र भन्ने सन्देश गएको छ । त्यसैले पर्यटनलाई जोगाउन निषेधाज्ञा पूर्ण रूपमा हटेको घोषण गरिनुपर्छ । यसो गर्दा जोखिमयुक्त क्षेत्र वा संक्रमण फैलन सक्ने क्षेत्रमा कडाइ गर्न कुनै पनि कुराले छेक्दैन । काम उही भए पनि निषेधाज्ञा छ भन्नु र छैन भन्नुमा पर्यटन बजारमा जाने सन्देश निकै फरक हुन्छ । अहिले पनि विदेशी पर्यटकलाई नेपालमा क्वारेन्टाइनको व्यवस्था छ । यो व्यवस्था अव्यावहारिक मात्रै होइन, वाहियात जस्तै भइसकेको छ । त्यसैले ४८ घण्टे पीसीआर रिपोर्टका आधारमा पर्यटकलाई नेपाल आउन खुला गर्दा केही पनि फरक पर्ने देखिँदैन । नेपाललाई रेड जोनमा राखेका देशले समेत पीसीआर रिपोर्टका आधारमा नेपालीलाई त्यहाँ छिर्न दिइरहेका छन् भने नेपालले त्यो भन्दा बढी कडाइ गर्न जरुरी छैन । अर्को सरकारले पर्यटन क्षेत्रका कार्यरत धेरैलाई खोप लगाइसकेकाले खोप कार्डका आधारमा पर्यटन व्यवसाय खुला गरेको भनी प्रचार गर्नु पनि आवश्यक छ । नेपाल पर्यटन बोर्डले कोभिडपछिको पर्यटन बजारलाई लक्षित गरी केही कार्यक्रम ल्याउने सोचका साथ काम गरेको सुनिन्छ । तर, व्यवसायीसँग खुला रूपमा केकस्तो रणनीति अपनाउने, कसरी पर्यटन ल्याउने र बजार प्रवद्र्धन गर्ने भन्नेमा व्यापक अन्तरक्रिया गरेको छैन । बोर्डले सरकार र व्यवसायीबीच सेतुको काम गर्नुपर्ने हो । सरकारले पनि बोर्डका सुझावहरूलाई गम्भीरताका साथ लिई यस व्यवसायलाई सञ्चालन गनए उपयुक्त नीति ल्याउनुपर्छ र सहजीकरण पनि गरिदिनुपर्छ । कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै र अँगाल्दै चलायमान बनाउन खोजिनुपर्छ । सुरक्षाका मापदण्ड अपनाई पेशा उद्यम र व्यवसाय पुनः सञ्चालन हुनसक्ने वातावरण बनाउनु आवश्यक छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२०, मनाउन लागोले यस क्षेत्रमा ठूलो मात्रामा लगानी भएको थियो । तर, महामारीका कारण होटेल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एअरलाइन्स, यातयात, हस्तकला तथा उपहार सामग्री, रेस्टुराँजस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रूपमा हुने ७५ अर्बभन्दा बढीको आय गुमिरहेको छ । यसबाट करीब १० लाख जनशक्तिको रोजगारी संकटमा परेको छ । २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायीले व्यवसाय परिवर्तन गरेको अनुमान छ । अब पर्यटनलाई फैलाउन विशेष रणनीतिका साथ थप सक्रियता आवश्यक छसगरमाथा तथा अन्नपूर्ण क्षेत्रजस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्य रहेका हिमाली जिल्लामा प्रायः सबै जनाले भ्याक्सिन लगाइसकेका छन् । यस्तोमा स्रोत बजारमा पर्यटन क्षेत्रसँग सम्बद्ध सबैले खोप लगाएको सन्देश प्रवाहित गर्नु आवश्यक छ । अर्को, पर्यटकीय क्षेत्रलाई कोरोनाबाट सुरक्षित राखिएको छ भन्न्ने सन्देश पनि प्रवाहित गर्नुपर्छ । यी क्षेत्रको नियमित अनुगमन भइरहेको र कोही संक्रमित भए त्यसलाई पैmलन नदिने विशेष रणनीति बनाई जनशक्ति परिचालन गरिएको सन्देश पनि जानुपर्छ । नेपाल आउने खर्चालु पर्यटकहरू पदयात्रा, पर्वतारोहणलगायतमा रुचि राख्छन् । भीडभाड कम हुने भएकाले यी क्षेत्र तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिन्छन् । पर्यटकहरूमाझ यो क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ । नेपाल आएका कुनै पनि पर्यटक संक्रमित नभएको तथ्यलाई पनि प्रचार गरिनुपर्छ । यसले नेपालको पर्यटक क्षेत्र सुरक्षित भएको सन्देश जान्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।