बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु

इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्याएको छ ।  सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरु र घरहरूलाई पनि क्षति पुर्यााएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई मेड रेन्टिनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।जनतालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी, पहिरो,  लगायत प्राकृतिक जोखिमबाट जोगिन आग्रह

सम्बन्धित सामग्री

बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् । विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको …

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित

जाकार्ता, २३ पुस: इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, “बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ।” अधिकारीहरूले तीन […]

बाढी–पहिरो : इलाममा ६ जनाको मृत्यु, मेची राजमार्ग ठप्प

झापा – अविरल वर्षाका कारण पहिरोमा परी इलाममा ६ जनाको मृत्यु भएको छ। फाकफोकथुम–१ ठिंगेपुरमा दुईजना, वडा नम्बर ३ आमचोकमा एकै परिवारका चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। पहिरोका कारण भेडेटार–रवि–राँके सडकअन्तर्गत घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा बाटो अवरोध भएको छ भने अन्य ग्रामीण सडकमा आवतजावत ठप्प रहेको प्रहरीले जनाएको छ। इलामका […]

बाढी, पहिरो, डुबान : ६ जनाको मृत्यु, २३ सम्पर्कविहीन (भिडियो)

काठमाडौँ– अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक–एक, सुनसरी र […]

बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते

विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रह

चौबिस घण्टामा विपद्का घटनाबाट ६ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ, बाढी, पहिरो, अबिरल वर्षाका घटनामा परी ६ जनाको मृत्यु भएको। ती घटनामा ६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङबाट महोत्तरी र धनुषमा तीनजना, बाढीबाट रौतहटमा एकजना, अबिरल वर्षाबाट प्यूठानमा एकजना र पहिरोबाट हुम्लामा एकजनाको मृत्यु भएको छ। विपद्का घटनाबाट २०७८ वैशाख १ गतेयता ९३ जनाको मृत्यु भइसकेको छ।

बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म देशभरबाट प्राप्त तथ्यांकअनुसार बाढी र पहिरोमा परी २७ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोबाट बुधवार सिन्धुपाल्चोकमा दुईजना र बाजुरा, पाल्पा, डोटी तथा कास्कीमा एक/एक जनाको मृत्य भएको छ । देशभर कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्यांक नभए पनि ८९ ओटा घर बाढी र पहिरोले बगाएको तथ्यांक प्राप्त भएको प्रवक्ता दाहालले बताए । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि मनाङमा बढी प्रभाव परेको छ । त्यसैगरी बाजुरा, म्याग्दी, गुल्मी, डोटी, पाल्पा लगायत ठाउँमा पनि बाढीले जनधनको क्षति गरेको छ । उद्धार र राहतका लागि जिल्ला व्यवस्थापन समिति, स्थानीय तह, प्रहरी र सेना सक्रिय भएका छन् । गृहले सिन्धुपाल्चोकमा दुईओटा हेलिकोप्टर परिचालन गरी उद्धार गरेको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै मनाङमा पनि उद्धारका लागि हेलिकोप्टर तयार गरिएकोमा मौसमका कारण बुधवार उडान हुन नसकेको उनको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार बुधवार साँझ ६ बजे मेलम्चीको जलसतह ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटरमा आएकोमा ६ः४५ बजे पुनः बढेर ६ मिटर पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश क्षेत्रमा घना वर्षा हुने प्रक्षेपण गरेको छ ।  महाशाखाका अनुसार बुधवार महाकाली, कर्णाली र नारायणीको बहाव बढेर मध्यम जोखिम देखिएकोमा पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम देखिएको छ । सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याउँदै आए पनि सरकारले बस्ती स्थानान्तरण र आवास पुनर्निर्माणको काम  गरेको देखिँदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको पहिरोबाट विस्थापित भएकाहरूको स्थानान्तरण र आवास निर्माण अझै हुन सकेको छैन । जग्गा खोजी, कानूनी प्रक्रिया पूरा गर्ने लगायत विभिन्न कामको पहल भइरहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर बस्ती स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइराखेको जानकारी उनले दिए ।

बाढी पहिरोबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं : लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्। बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ ।बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ।मन्त्रालयका अन

वर्षासँगै आएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौँ । वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको ज्यान गएको हो। केही दिन यता बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, […]

मलेसियामा बाढीः ६ जनाको मृत्यु, ५० हजार विस्थापित

एजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  देशको पूर्वी तटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् । घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।बाढी गएको क्षेत्र