नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीविरुद्ध पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । काठमाडौंका भृकुटीमण्डपको प्रदर्शनीमार्गमा अधिकारीको पुत्ला जलाएर विरोध गरेको हो । सो क्रममा प्रदर्शनकारीहरूले ‘एमाले पार्टी कार्यकर्ता गर्भनर राजीनामा दे, अर्थतन्त्र तहसनहस पार्ने गर्भनर राजीनामा दे’लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एमाले अर्थ तथा योजना विभाग सदस्यमा महाप्रसाद अधिकारीको छद्म नाम एम अधिकारी प्रयोग भएको दाबी उनीहरुको छ ।