काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सञ्चारकर्मी, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको हो ।