काठमाडौं । प्रेस संगठन नेपालका सहइन्चार्ज ओम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले वडाध्यक्ष हुन पनि नसुहाउने मानिसलाई मन्त्री बनाएको टिप्पण्नी गरेका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शर्माले प्रेस संगठन सत्यको पक्षमा लाग्ने संगठन भएकाले ओलीले चालेको गलत कदमको विरोध गरेको बताए । उनले ओली माहाराज बन्ने प्रयासमा लागेको भन्दै कोहीपनि त्यस्ता महाराजहरुको धाक धम्कीबाट नडराउने बताए । उनले संविधान जोगाउनका लागि अग्रगमनका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा पनि जोड दिए ।