महिलाह दिनभरि घरको काममा व्यस्त रहन्छन् । उनीहरू आफ्नो स्वास्थ्यको पनि विचार गर्न पाइरहेका हुँदैनन् । अनि भोलिपल्ट थकान र आलस्य अनुभव हुन्छ ।
यहाँ हामी त्यस थकान र आलस्यबाट मुक्ति पाउने उपाय बताउँदैछौं ।
सुत्नुअघि तोरीको तेल शरीरमा दल्दा आराम पाइन्छ । तोरीको तेलमा भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्त्व, एन्टीअक्सिडेन्ट र औषधीय गुण भरपूर पाइन्छ । यसले शरीरमा राम्रोसँग रक्तसञ्चार गर्छ । मांसपेशी र हाडहरू बलियो बनाउँछ ।
खासगरी पाइताला र नाभिमा तोरीको तेलले मसाज गर्नु एकदमै फाइदाजनक मानिएको छ ।...