कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् ।
जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् ।
भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकन लगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गर्ने कार्य शुरू गरेका छ...