रोमानिया पुगेका नेपाली युवा बिचल्लीमा परेका छन् । नियमित तलब नपाएपछि केही नेपाली घर फर्केका छन् भने केही कम्पनीमै कामविहीन भएर बसेका छन् । आफूसहित १२ नेपालीले काम छाडेको १० दिन बितेको त्रिशूली नुवाकोटका शंखरमान श्रेष्ठले बताए । काम दिने ठेकेदार (रोजगारदाता) ले नियमित तलब नदिएपछि उनीहरू काममा फर्केका छैनन् ।