बेपत्ता परिवार भन्छन् : आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्

बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्। श्रीमान शिबशरण कोहलपुर आफन्त कहाँ जादा बीच बाटोमा राज्य पक्षका प्रहरीले पक्राउ गरे ।