सुर्खेत – लगातारको वर्षाले दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध भएको छ । बडा दसैँको दिनदेखि सुरु भएको वर्षाले दैलेखका विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरोले दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक ठप्प छ । यात्रुहरूबीच बाटोमा अलपत्र परेका छन् । लगातारको वर्षाका कारण सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको नारायण […]