दशैं मनाएर फर्किए सर्वसाधारण‚ उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं : दशैं मनाउन गाउँ गएका सर्वसाधारणहरू फर्किएन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकामा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरू फर्किन थालेका छन्।अहिले उपत्यकाका पसल‚ सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि खुलेका छन्। दशैंताका सुनसान झै बनेका सडकहरू सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन बर्सेनि लाखौं सर्वसाधारण उपत्यकाबाहिर जाने गरेका छन्।

सम्बन्धित सामग्री

गुल्मीका बजारमा चहलपहल बढ्यो, व्यापार बढेन

२० असोज, गुल्मी । दशैं नजिकिँदै जाँदा गुल्मीका ग्रामीण बजारमा चहलपहल बढेको छ । दशैं लक्षित किनमेल गर्नेहरुले बजारमा चहलपहल बढेको हो । दशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा मेसो मिल्दा पनि गाउँघरमा रौनक छाएको …

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

दशैं सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौं उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ ।

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैं सुरू भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता […]

सुन आयातमा उच्च वृद्धि

काठमाडौं । पछिल्लो समय नेपालमा सुनको आयातमा उच्च वृद्धि देखिएको छ । उच्च मूल्यवृद्धि र कोरोना महामारीका कारण पछिल्लो २ आर्थिक वर्षमा सुनको आयात घटेको थियो । तर, चालू आवमा सामान्य अवस्थामा भन्दा पनि बढी सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ३ महीना ११ अर्ब ७ करोड २८ लाख रुपैयाँको सुन आयात भएको छ । जुन गत आव २०७७/७८ को सोही अवधिको तुलनामा ४७ गुणा बढी हो । साथै, यो सामान्य अवस्थाको भन्दा पनि बढी हो । गत आवको पहिलो त्रैमासमा ७३ करोड ७० लाख रुपैयाँको सुनको आयात भएको थियो । गत आवमा कोरोना महामारीका कारण यसको व्यवसाय प्रभावित हुँदा आयातमा घटेको थियो । अघिल्लो आव २०७६/७७ को सोही अवधिमा भने मूल्य बढ्दा यसको आयातमा घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा सुनको आयात ह्वात्तै बढेको छ । नेपालमा सामान्य अवस्थामा एउटा त्रैमासमा ७/८ अर्ब रुपैयाँको हाराहारीमा सुन आयात हुने गर्छ । तर, यसपटक भने ११ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको छ । यसपाली चाडपर्वमा बढी चहलपहल हुँदा सुनको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘पछिल्लो २ आर्थिक वर्षमा मूल्य वृद्धि र कोरोना महामारीका कारण सुनको व्यवसाय प्रभावित भयो । तर, अहिले कोरोना महामारी साम्य हुँदै गएको छ भने मूल्य पनि केही कम भएको छ,’ उनले भने, ‘त्यसमाथि यसपालि तीज, दशैं तथा तिहारमा चहल पहल बढ्यो र आम ग्राहकले गरगहना किन्न थाले । यसरी बजारमा माग बढेका कारण आयात पनि बढ्न गएको हो ।’ अमेरिका र चीनको व्यापार युद्धका कारण २०७६ को साउनदेखि नै सुनको मूल्य बढ्न गयो । मूल्य बढेपछि सुनको गरगहनाको व्यापार स्वतः प्रभावित भएको थियो । त्यसपछि २०७६ को अन्त्य तिरबाट नै विश्वभर नै कोरोना भाइरसको संक्रमण पेलियो । त्यसलाई नियन्त्रण गर्न नेपालमा बन्दाबन्दी गर्दा सुनको व्यापार हुन सकेन । त्यसमाथि कोरोना महामारीकै कारण सुनको मूल्य थप बढ्न गयो । यस बीचमा सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो ।

सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल, नाकामा काठमाडौं फर्कनेको भीड

काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन […]

सरकारले धोका दिँदा स्वास्थ्यकर्मीको दशैं खल्लो !

कोरोना भाइरस संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिनादेखि बन्द रहेको रानी–जोगबनी नाका दशैंको मुखमा खुल्यो । दशैंका लागि स्वदेश फर्किने र किनमेलका लागि निकटवर्ती भारतीय बजार जानेका कारण सीमामा आवतजावत बढ्यो । कोरोना महामारीको जोखिम कायमै रहेकाले सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ राखेर यात्रुको स्वास्थ्य परीक्षण गरिन्छ । सीमा क्षेत्रमा दशैंको चहलपहल देखिए पनि सीमा क्षेत्रमै खटिएका स्वास्थ्यकर्मीको दशैं भने खल्लो हुँदैछ । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिने निर्णय गरेको ...

दशैं बजार : बढ्यो चहलपहल, बढेन व्यापार

१४ असोज, काठमाडौं । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउमा ६३ वर्षीय दुर्गानाथ गौतम झोक्राइरहेका छन् । काभ्रे कोशीपारी चौरीदेउराली–५ का गौतम ३० वर्षदेखि इन्द्रचोक क्षेत्रमा मजदुरी गर्छन् । बर्खामा खेती लगाउन गाउँ गएका उनी गतसाता मात्रै काठमाडौं फर्किए मजदुरीको लागि । खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै […]

नेपालीको रोजगार गन्तव्य दक्षिण कोरियामा पुनः कोरोना संक्रमण ह्वात्तै बढ्यो

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिवार नयाँ संक्रमितको संख्या ३ हजार २७३ पुगेको छ ।  यससँगै कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक ३ हजार नाघेको छ । कोरियामा गत सोमवारदेखि कोरियन दशैं (छुसक) को ३ दिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो । बिदाका अवसरमा लाखौं मानिस आफ्नो कार्यस्थलबाट...

सौराहामा पर्यटकको चहलपहल बढ्यो

७ असोज, चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् । पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ । पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म […]