दशैं बजार : बढ्यो चहलपहल, बढेन व्यापार

१४ असोज, काठमाडौं । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउमा ६३ वर्षीय दुर्गानाथ गौतम झोक्राइरहेका छन् । काभ्रे कोशीपारी चौरीदेउराली–५ का गौतम ३० वर्षदेखि इन्द्रचोक क्षेत्रमा मजदुरी गर्छन् । बर्खामा खेती लगाउन गाउँ गएका उनी गतसाता मात्रै काठमाडौं फर्किए मजदुरीको लागि । खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै […]