काठमाण्डाै – सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।
सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । स...