काठमाण्डाै - आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारकाे अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन ।
यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।