काठमाडौं : भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कैलासकुमार आले विजयी भएका छन्।उनले ५ हजार ६ सय ५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतकुमार तामाङले ५ हजार १ सय मत प्राप्त गरे।त्यस्तै उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्मला शेर्पाले बाजी मारिन्। उनले ५ हजार ५ सय मत प्राप्त गर्दा कांग्रेसका मनिता राईले ५ हजार १ सय ३३ मत पाइन्।
भोजपुर जिल्लाको सबै स्थानीय तहको अन्तिम नतिजा सार्वजानिक भएको छ। दुई नगरपालिकासहित चार वटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ। चार गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। माओवादीले एक स्थानीय तहमा जित हासिल गरेको छ।