एनसेल लाभकरसम्बन्धी हालै सार्वजनिक अन्तर्राष्ट्रिय न्यायाधिकरणको फैसलालाई नेपाल सरकारले सकारात्मक तरिकाले ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुँदा नेपालले मुद्दा जितेसँगै दाबीबमोजिमको ठूलो क्षतिपूर्ति रकम जोगिनु देशका लागि हितकारी भएको निष्कर्ष निकालिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए ।