क्षतिपूर्ति सकिँदैन, राहत दिइनेछ

कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]