नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–&lsquo