बेलायतमा कोरोनाबाट १ लाख १० हजार बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रमित संख्यामा केहि वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

खुशी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’

कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोल समेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन तर महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन । दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान गर्न सकिन्न । यस्तो अवस्थामा पनि नेपाली नागरिक हाँसीखुशी बसेको अनुभव गरेकी छिन् कलाकार प्रियना आचार्य ‘मुन्नी’ले । पछिल्लो समय म्युजिक भिडियो र हास्य टेलिशृंखला ‘सक्किगो नि’मा ...

कोरोना कारण थप १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार १०८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इन्डोनेसियामा १ हजार ६३५ र ब्राजिलमा १ हजार ६ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ७५० जना, भारतमा ६१६, रुसमा ७९२, इरानमा ४५८, मेक्सिकोमा ६१८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४२ लाख ८९ हजार ६०५ पुगेको छ।

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप १० हजार २३४ जनाको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ।योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ। वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट २४ घन्टामा विश्वमा साढे १० हजार बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्वमा पछिल्लो २४ घन्टामा १० हजार ५४३ जनाको मृत्यु भएको छ। भारतमा सबैभन्दा बढी ३ हजार ७८८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ हजरा ७६४ जनाले ज्यान गुमाएका छन्। यस्तै अमेरिकामा ४५८,टर्कीमा २३१, रुसमा ३८६,कोलम्बियामा ५०९,अर्जेन्टिनामा २९७,पोल्यान्डमा १९१, इरानमा १८७, मेक्सिकोमा १७६, युक्रेनमा १७८, इन्डोनेसियामा १३२, फिलिपिन्समा १८३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा साढे १० हजार बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजार ५३७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ३ हजार ८७९ जना र ब्राजिलमा एक हजार १८ जनाको मृत्यु भएको छ। अमेरिकामा ३६७, अर्जेन्टिनामा ४९६, कोलम्बियामा ४८८, इरानमा ३५१, पेरुमा २७०, इन्डोनेसियामा २०६, रुसमा ३२१, टर्कीमा २८२, फ्रान्समा २९२ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार ४ सय बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ४३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४३८ जना र ब्राजिलमा १ हजार ५४ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा ४४३, फ्रान्समा ३११, टर्कीमा ३४७, रुसमा ३३६, अर्जेन्टिनामा ५४०, कोलम्बियामा ४६४, इटालीमा २५६, इरानमा ३९१, पेरुमा २४९ जनाको मृत्यु भएको छ।

कोरोनाबाट विश्वभर ३१ लाख ९३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख ९३ हजार ७४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९० हजार ४१, ब्राजिलमा चार लाख चार हजार २८७, मेक्सिकोमा दुई लाख १६ हजार ४४७, भारतमा दुई लाख ११ हजार ८३५ र रसियामा एक लाख १० हजार १२८ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाबाट १ लाख २० हजार बढीको मृत्यु

लन्डन ।  पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ  । थपिएसँगै  नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्य