कोरोना कारण थप १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

विश्वमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वम कोरोना कारण ४३ लाख ६हजार ९४१ जनाको मृत्यु भएको छ। विश्वमा रहेका कुल कोरोना संक्रमितमध्ये२.११ प्रतिशतको मृत्यु भएको छ। हालसम्म विश्वमा २०करोड ३४ लाख ४हजार २१३ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा ६लाख ३३हजार ११५ जनाको भएको छ।