लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन। प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत् जोडिन नपाएको जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए । उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी […]