काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुसीयाली नमनाउने बताएका छन्। सोमबार महानगरपालिका प्रमुख पदको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। मेयर साहले काठमाडौंबासीले गरेको पापको भोगी सिसडोलबासीले भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुसीयाली नमनाउने घोषणा गरे। मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर