संशोधित विधानलाई अन्तिमा रुप दिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजको बन्दसत्र सकिएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा संशोधित विधानलाई अन्तिम रुप दिनेबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘महाधिवेशनमा विधान संशोधनबारे आएका सुझावहरूलाई समेत कसरी समेट्न सकिन्छ भनेर स्थायी कमिटीमा छलफल हुन्छ र भोलिको बन्दसत्रमा जवाफसहित विधान संशोधन प्रस्तावका लागि पेश हुन्छ’, महराको भनाई छ । माओवादीले १५ पदाधिकारीसहित