विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य गरेको माओवादी केन्द्रले यसै विषयमा छलफल गर्न बैठक बोलाएको स्रोतले बतायो ।
यसअघि बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rs...