महालक्ष्मी बिकास बैंकले ९.२६ प्रतिशत लाभांस दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।भिडियो कन्फ्रेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित...

सम्बन्धित सामग्री

स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत बोनस दिने

काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांस घोषणा गर्दै १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांस

सानिमा माई हाइड्रोपावरद्वारा ५.२६ प्रतिशत लाभांस घोषणा

सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित ५.२६ प्रतिशत लाभांस दिने घोषणा गरेको हो । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांस दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ । लाभांश पारित गर्नका लागि आगामी कात्तिक २ गते वार्षिक साधारणसभा डाकिएको छ । सभा प्रयोजनको लागि सानिमाले असोज १२ गते बुक क्लोज गर्नेछ ।गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयर

नागरिक लगानी कोषले ३० प्रतिशत बोनस दिने

नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।त्यसैगरी आव २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान […]

लाालीगुराँस सहकारीले १२ प्रतिशत लाभांस दिने

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।संस्थाको २२औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साधारणसभामा अध्यक्ष अमरदास श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको सेयर […]

एनआईसी एशियाले १५ प्रतिशत बोनस सेयर दिने

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७८९ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ५११औं सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीले सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (१ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।उक्त प्रस्त

नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २६औं वार्षिक साधारणभाले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत कोषले जनाएको छ । त्यसैगरी आर्थिक […]

२० प्रतिशत लाभांस वितरण गर्दै एनआरआईसी

काठमाडौं। नेपाल पुर्नबीमा कम्पनी (एनआरआईसी)ले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० लाभांश दिने निर्णय गरेको हो। जसअनुसार १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीले आईपीओ निष्कासन गरेपछि पहिलोपटक लाभांस वितरण गरेको हो।

इन्फिनिटी लघुवित्तले १४.२५% बोनस दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभालेआर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तसम्मको वासलातसहितको वित्तीय विवरण र बोनस सेयर तथा लाभांस पारित गरेको छ । समितिको प्रस्ताव अनुसार १४ दशमलव २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।