रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम

लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

सम्बन्धित सामग्री

रूस–युक्रेन युद्धले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले रूस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा रूस–युक्रेन युद्धले मुलुकको अर्थतन्त्र खल्बल्याएको बताए ।  ‘रूस-युक्रेन य...

रूस–युक्रेन युद्धले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्यो : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले रूस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा रूस–युक्रेन युद्धले मुलुकको अर्थतन्त्र खल्बल्याएको बताए ।  ‘रूस-युक्रेन य...

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई)देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७ं१ पहल’ गम्भीररूपमा प्रभावित भएको छ । सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली ( सिइई) देशहरूबीचको […]

युक्रेन युद्धले पूर्वी युरोपमा बीआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महत्वाकांक्षी परियोजना बीआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई) देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७+१ पहल’ गम्भीर रूपमा प्रभावित भएको छ ।सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली (सिइई) देशहरू बीचको व्यापार र लगानी सम्बन्धलाई प्रवर्द्धन गर्न गठन गरेको थियो । सिइई सरकारको मनोवृत्तिमा असहजता महसुस गरेपछि

युक्रेन युद्ध : विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।राष्ट्र सङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र

रुस-युक्रेन युद्धका कारण अफ्रिकी देशहरूमा देखियो खाद्य संकट : संयुक्त राष्ट्रसंघ

बैशाख २०, (रासस/सिन्ह्वा) । रूस-युक्रेन द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी देशहरूमा संकट देखिएको बताएका हुन् । उनले भने 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।' उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ । महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे । उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।

रुस–युक्रेन युद्ध : अमेरिकी रणनीतिक भण्डारबाट अत्यधिक तेल निकाल्न बाइडेनको आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन्। आउँदो छ महिनामा सन्...

भारतबाट महँगो बिजुली आयात : महसुल दर बढ्ला ?

नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।

रूस–युक्रेन तनावको असर नेपाली भान्सासम्म, खानेतेलको मूल्य बढ्दै

काठमाडौं, फागुन ११ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो […]

रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

विराटनगर । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरूले विलम्ब गरिरहेको व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले एलसी खोलेर सामान मगाइएको तर सम्भावित युद्धका कारण त्यहाँबाट त सामान डिसप्याच नभएकाले चिन्ता थपेको बताए । उनले भने, ‘युद्ध शुरू भइहाल्यो भने त्यहाँको कम्पनीले सामान पठाउँदैन, यहाँका उद्योगहरूको करोडौं रुपैयाँ डुब्न सक्छ ।’ दुवै देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ । नेपालमा युक्रेनबोहक अस्ट्रेलियाबाट पनि तोरीको दाना आयात गरिन्छ । युक्रेनमा भएको तनावपछि अस्ट्रेलियाबाट तोरी मगाइएको र माग बढेपछि त्यहाँबाट ढिला ढुवानी हुने देखिएको उद्योगीले बताएका छन् । अस्ट्रेलियामा समेत तोरीको मूल्य प्रतिटन ६० डलर बढेको छ । यसको असर नेपाली बजारमा केही समयपछि नै देखिने उनको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवाल रसिया र युक्रेन बीचको युद्धको तनावका कारण नेपालका तेल उद्योगहरूले युक्रेनको सट्टा अस्ट्रेलियाबाट तोरी मगाउन थालेकाले कच्चा पदार्थको अभाव नभए पनि बजारमा खानेतेलको मूल्य वृद्धि हुने बताए । कोभिड महामारीका कारण तोरी, सूर्यमुखी र भटमासको तेलमा १ वर्षदेखि मूल्य बढेको छ । तोरीको तेलमा लिटर १ सयका दरले बढेको मूल्य थप बढ्ने देखिएको छ । तोरी लिटरको खुद्रा मूल्य अहिले २ सय ८० रुपैयाँ छ । सूर्यमुखी २ सय ३० र भटमासको तेलको मूल्य २ सयको हाराहारीमा छ । मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले सिपमेन्ट नरोकिएकाले अहिले युक्रेनबाट आउने तोरी, गहुँ र सूर्यमुखीको कच्चा पदार्थ आयात भइरहे पनि केही दिनमा त्यहाँबाट हुने आयात रोकिने बताए । उनले भने, ‘युद्ध शुरू भएमा त्यहाँबाट आउने सामानहरू रोकिन्छन् । तर, अस्ट्रेलियालगायत मुलुकबाट आउने भने रोकिँदैन ।’ नेपाली उद्योगहरूलाई कच्चा पदार्थको अभाव नहुने भए पनि मूल्य भने बढ्ने उनले बताए । उनले अहिले नै पहिलेको तुलनामा एक टनमा ३० देखि ६० अमेरिकी डलर मूल्य वृद्धि भएकाले त्यसको असर नेपाली बजारमा पनि पर्ने बताए । युद्ध भएमा पेट्रोलियमको समेत मूल्य बढ्ने भएकाले त्यसले ढुवानीको लागत समेत बढ्ने उनको भनाइ छ । युक्रेन र रसिया बीचको युद्धको त्रासले नेपालका बैंकहरूले केही समयदेखि एलसी खोल्न आनकानी गरिरहेका छन् । दुई महीनामा अन्तरराष्ट्रिय बजारमा ६० डलर प्रतिटनमा तोरीको मूल्य बढेको नेपाल चामल, दाल, तेल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बताए । चन्द्रशिव राइस एन्ड आयल मिल्सका सञ्चालकसमेत रहेका राठी भन्छन्, ‘मैले २ महीनाअघि टनको ७ सय ५५ डलरमा खोलेको एलसीको तोरी अहिले कोलकाता आइपुगेको छ । तर, यतिबेला अस्ट्रेलियामा तोरीको मूल्य टनको ८ सय २० डलर पुगिसकेको छ । यही तोरीको मूल्य गतवर्षको माघ महीनामा टनको ५ सय ८० देखि ६ सय डलरसम्म थियो ।’ पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुईओटा क्षेत्रलाई रूसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो । ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन् । नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरूको विषयमा चासो दिएर उनीहरूको लगत संकलन थालेको छ । यूरोपेली मुलुक र अमेरिकाले रूसी कदमको आलोचना गरेका छन् ।