पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन