डिजिटल बैंकिङबाट खर्बौं भुक्तानी

काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ । चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा प्रविधिमार्फत ग्राहकले करीब ३ करोड ३५ लाख ७० हजारपटक कारोबार गरेका छन् । यी कारोबारबाट २१ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बराबरको रकम ट्रान्सफर भएको छ । तत्कालै भुक्तानी गर्न सकिने आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल र इन्टरनेट बैंकिङ, वालेट, ई–कमर्श, डेविट तथा क्रेडिट कार्डलगायत उपकरणबाट यी भुक्तानी भएका हुन् । दोस्रो लहरको कोभिड फैलिएसँगै समग्र व्यवसायमा चुनौती देखिए पनि डिजिटल बैंकिङ भने थप फस्टाउँदै गएको देखिन्छ । कोभिडको दोस्रो लहरमा डिजिटल बैंकिङ थप विस्तार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ र वालेटमार्फत भुक्तानी गर्ने संख्या अन्य प्रविधिको तुलनामा बढी देखिएको छ । फागुनमा मात्रै मोबाइल बैंकिङबाट १ करोड ८२ हजारपटक कारोबारमा रू. ४० अर्ब ३५ करोड हाराहारीको भुक्तानी भएको छ । ई–सेवा, खल्तीलगायतका वालेटबाट १ करोड ६ लाख १४ हजारपटक कारोबार भई १० अर्ब १८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । २ लाखभन्दा बढी भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीबाट ४८ हजारपटकमा १७ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आईपीएसबाट ९ लाख ७ हजारपटकमा १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको रकम हस्तान्तरण भएको छ । कनेक्ट आईपीएसबाट १६ लाखपटक कारोबार भएको छ । यसबाट यस अवधिमा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । इन्टरनेट बैंकिङ कारोबार २ लाख ६७ पटक भएको छ । यसबाट रू. ८ अर्ब ८८ करोड बराबरको कारोबार भएको छ । क्यूआरकोडबाट ६ लाख ३५ हजारपटक भुक्तानी भएको छ । रू. २ अर्ब ५५ लाख भुक्तानी भएको छ । विभिन्न पसल, मलहरूमा राखिएको पोइन्ट अफ सेल्स (पस) मेशिनमा ८ लाख १३ हजारपटक कार्ड स्वाप भएको छ । यसबाट रू. ३ अर्ब ३२ करोड बराबरको भुक्तानी भएको छ । अनलाइन सपिङलगायतका ईकमर्शबाट मात्रै १ लाख ३० हजारको संख्यामा रू. ९० करोड ४० लाख बराबरको डिजिटल भुक्तानी भएको छ । भुक्तानीका यी नयाँ उपकरणले आम ग्राहकलाई घन्टौं लाइन बसेर बैंकिङ कारोबार गर्न नपर्ने बनाएको छ । अझ बिजुली, खानेपानी, इन्टरनेटलगायतको बिलसमेत घरमै बसेर तिर्न सकिने भएको छ । त्यसैले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित हुने क्रम बढेको बैंकरहरू बताउँछन् । कोभिडको दोस्रो लहरले गर्दा भौतिक दूरी कायम गर्नुपर्ने बाध्यता भएकाले बैंकले डिजिटल भुक्तानीका लागि योजना नै बढाएर अगाडि बढेको ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल बताउँछन् । ‘डिजिटलमा लगानी बढाएर बढीभन्दा बढी प्रयोग गराउनमा जोड दिने हाम्रो योजना छ । सानातिना भुक्तानी गर्न बैंकमा आउनु पर्दैन, मोबाइल बैंकिङबाटै गर्न सकिन्छ । क्यूआर कोड पनि वितरण गरेका छौं । यसमार्पmत भुक्तानी गर्ने क्रम पनि बढ्दै गएको छ,’ उनले अभियानसँग भने, ‘ग्राहकलाई वित्तीय साक्षरता र जागरण बढाउन अझ जरुरी छ । डिजिटल भुक्तानीमा बानी बसाल्न जोड दिनुपर्ने देखिएको छ ।’ विकास बैंकहरूले पनि डिजिटल बैंकिङमा जोड दिएको नेपाल डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए । उनले भने, ‘अझै डिजिटल बैंकिङका लागि मार्केटिङका कर्मचारीलाई लक्ष्य नै तोकेर काम दिएका छौं । खाता खोलिसकेका ग्राहकलाई मोबाइलबाटै भुक्तानी गर्ने तरीका सिकाएर पठाउने गरेका छौं ।’ मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पोखरेल कोभिड शुरू भएदेखि नै बैंकले जुनसुकै एटीएम मेशिनबाट ग्राहकले नगद झिके पनि सेवा शुल्क नलिएको बताए । वित्त कम्पनीहरू पनि डिजिटल बैंकिङमा जोडतोडका साथ अघि बढिरहेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरको दाबी छ । कोभिड अघिको तुलनामा कोभिडपछि डिजिटल कारोबार गर्ने ग्राहक करीब २५ प्रतिशतले बढेको उनको भनाइ छ । अहिले क्यूआर कोड बढी प्रचलनमा आएको बताउँदै उनले क्यूआर कोडको अन्तरबैंक कारोबार नभएसम्म यसले पूर्ण गति लिन नसक्ने औंल्याए । ‘क्यूआर कोडको एउटै क्लियरिङ हाउस हुन जरुरी छ । यसो भए मात्र भारतको जस्तो विस्तार हुन्छ,’ उनले अभियानसँग भने, ‘हामीले मोबाइल बैंकिङको सुविधा दिएका छौं । यसमा युवा पुस्ताको आकर्षण बढेको देखिन्छ ।’

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।...

प्याब्सनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवसीय विद्यालयहरुको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमका लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यो व्यवस्थासँगै भुक्तानी गर्दा नगद […]

डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी […]

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने...

कामना सेवाको डिजिटल बैकिङ प्रवद्र्धन कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आएको जनाएको छ ।कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्ने जस्ता […]

कामना सेवाद्वारा डिजिटल बैकिङ प्रवर्द्धनका लागि कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । जुममार्फत असोज ८ गते बेबिनार सम्पन्न भएको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको जनाएको छ ।उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ

कामना सेवाद्वारा डिजिटल बैकिङ प्रवर्द्धनका लागि कार्यक्रम सम्पन्न

काठमाडौं, १० असोज । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । बैंकले जुममार्फत असोज ८ गते बेबिनार सम्पन्न गरेको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको जनाएको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी […]

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, अनलाइन भुक्तानी झन् सहज हुने दाबी

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।  यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन् ।  मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड स...

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवा मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहक  लक्षित बिनाचेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायत सुविधा थपेको छ । ग्राहकले मुद्दती खाता खोल्ने, रेमिट्यान्स पठाउने, खाता विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानीलगायत सेवा पाउनेछन् । अब ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसी विभिन्न बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल १८३ शाखा, १२१  एटीम र १११ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्यूआर सेवा

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।सनराइज बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो […]