डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी […]

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।...

प्याब्सनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवसीय विद्यालयहरुको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमका लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यो व्यवस्थासँगै भुक्तानी गर्दा नगद […]

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने...

कामना सेवाको डिजिटल बैकिङ प्रवद्र्धन कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आएको जनाएको छ ।कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्ने जस्ता […]

कामना सेवाद्वारा डिजिटल बैकिङ प्रवर्द्धनका लागि कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ । जुममार्फत असोज ८ गते बेबिनार सम्पन्न भएको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको जनाएको छ ।उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ ।यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जसमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवा उपभोग गर्न सक्नेछन् ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, […]

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, अनलाइन भुक्तानी झन् सहज हुने दाबी

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।  यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन् ।  मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड स...

बैंकिङ सेवा डिजिटलतर्फ

बढ्दै गएको डिजिटल बैंकिङ कारोबार देखेर उत्साहित बनेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैं साइकलमा तरकारी बेच्ने व्यापारीदेखि मन्दिरको भेटीसम्म डिजिटल भुक्तानी गर्ने सेवा उद्घाटनका लागि देश दौडाहा गरे । कोभिड—१९ को महामारी र यसको रोकथामका लागि लकडाउन भइरहेकै बेला नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्ति भयो । महामारीकै बीच केन्द्रीय बैंकको कमाण्ड सम्हालेका […]

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवा मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहक  लक्षित बिनाचेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायत सुविधा थपेको छ । ग्राहकले मुद्दती खाता खोल्ने, रेमिट्यान्स पठाउने, खाता विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानीलगायत सेवा पाउनेछन् । अब ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसी विभिन्न बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल १८३ शाखा, १२१  एटीम र १११ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्यूआर सेवा

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।सनराइज बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो […]