अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल,