युरोकप अन्तरगत हंगेरीविरुद्धको खेलमा फ्रान्स बराबरीमा रोकिन बाध्य भएको छ । शनिबार राति सम्पन्न खेलमा फ्रान्स र हंगेरीले १–१ को बराबरी खेलेका हुन् ।
जारी प्रतियोगितामा उपाधिको दाबेदार तथा विश्व विजेता फ्रान्सलाई हंगेरीले बराबरीमा रोकेको हो । खेलमा हंगेरीले नै अग्रता लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा फाइलाले हंगेरीलाई अग्रता दिलाएका थिए ।
तर फा्रन्सले ६६ औं मिनेटमा बराबरी गोल गर्यो । फ्रान्सका ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् । त्यसपछि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो ।
य...